|

हेटौंडा : नेपाली कांग्रेसको बागमती प्रदेश कार्यसमितिका लागि भएको निर्वाचनमा २ हजार ८३ मत खसेको छ।

प्रदेश अधिवेशनका लागि कुल २ हजार १ सय ५० मतदाता रहेकामा २ हजार ८३ मत खसेको हो। ६७ जना अनुपस्थित भएको जनाइएको छ।

केही बेरमा नै मतगणना सुरु हुने जनाइएको छ। कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ ,जगदीश नरसिंह केसी र भीमसेनदास प्रधान सहित ३ जनाको उम्मेदवारी परेको छ।

त्यसैगरी उपसभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सहमहामन्त्री महिलातर्फ ३ जना र खुलातर्फ ७ जनाको उम्मेदवारी परेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.