|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्। 

नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डप भएको पहिलो एकता महाधिवेशनबाट राप्रपा अध्यक्षमा निर्वाचित भएको राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले जानकारी दिए।   लिङदेनले १८१७ मत ल्याउँदा कमल थापाले १६ सय १७ मत प्राप्त गरे। लिङदेन राप्रपाबाट निर्वाचित एक मात्र प्रतिनिधिसभा सदस्य हुन्।

मतगणनामा ४३१ मत बदर भएको छ। राप्रपाको नयाँ नेतृत्व चयनका लागि हिजो मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो।

अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।

थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.