|

हेटौंडा : नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँलाई भीमसेनदास प्रधानले समर्थन गर्ने भएका छन्।

शनिबार भएको पहिलो चरणको निर्वाचन चरणबाट बाहिरिएका सभापतिको आकांक्षी प्रधानले दोस्रो चरणको निर्वाचनमा बानियाँलाई समर्थन गर्ने भएका हुन्।

आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सिटौला समूहबाट सभापतिको उम्मेदवार बनेका प्रधानले आफू पहिलो चरणबाट बाहिरिसकेको र दोस्रो चरणको निर्वाचनमा बानियाँलाई सघाउने बताए।

एकता र सहमतिको लागि सन्देश दिन आफ्नो समर्थन बानियाँलाई रहेको बताउँदै बिपीको सिन्द्धातमा रहने आफू जहिले पनि लोकतन्त्रमा विश्वास गर्ने उनको भनाइ छ।

शनिबार भएको मतदानमा बानियाँले ९ सय ९२ मत प्राप्त गरेका छन् भने सभापतिको अर्को उम्मेदवार जगदीश्वर नरसिंह केसीले ८ सय ७२ मत प्राप्त गरेका छन्।

त्यस्तै प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए। अब दोस्रो चरणको निर्वाचनमा बानियाँ र केसीबीच प्रतिस्पर्धा हुनेछ। बानियाँ पार्टी सभापति देउवा र केसी पौडेल समूहका हुन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.