|

हेटौंडा : जनता समाजवादी पार्टी (जसपा)को बागमती प्रदेशसभा सदस्य प्रेम तामाङले आइतबार पनि कांग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन्।

शनिबार राति हेटौंडा आएर मतदान गरेर फर्किएका सांसद तामाङले आइतबार पनि हेटौंडा आएर मतदान गरेका हुन्। शनिबार भएको मतदानमा सभापति ३ जना उम्मेदवारमध्य कसैले पनि ५१ प्रतिशत नल्याएपछि आइतबार पुनः मतदान भएको थियो।

शनिबार राति ९ बजेतिर मतदान गरेर फर्किएका तामाङले आइतबार पनि आएर कांग्रेस बागमती प्रदेश सभापतिको लागि मतदान गरेको उनीनिकट स्रोतले बताएको छ।

तामाङ कसैले पनि नचिन्नेगरी माक्स र टोपी लगाएर मुख ढाकेर आएका थिए। उनको श्रीमती धवामेन्दो तामाङले पनि मतदान गरेर गएको स्रोतको दाबी छ।

तत्कालीन नयाँ शक्ति पार्टिबाट प्रदेशसभा सदस्यमा निर्वाचित तामाङ बागमती प्रदेशमा जसपाको एक मात्र सांसद हुन्। केही समय अघि मात्रै प्रदेशसभामा निर्वाचन आयोगबाट जसपाको मान्यता पाएका उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए।

 नयाँ शक्ति जसपा बनेपछी स्वतन्त्र सांसदको रुपमा बसेका तामाङले केही समयअघि मात्रै जसपाको मान्यता पाएका थिए। प्रदेशसभा सदस्य बनेदेखी नै कांग्रेससँग निकट रहेका उनी औपचारिक रुपमा कांग्रेसमा प्रवेश गर्दा पद जाने भएपछि जसपाकै सांसदको रुपमा बसिरहेका छन्।

बागमती प्रदेशसभामा पनि उनी कांग्रेसकै सांसदहरूसँग देखिन्छन्। तामाङलाई पार्टी प्रवेश गराउन शेरबहादुर देउवा रसुवासमेत गएका थिए। तर, प्रदेशसभा पद जाने भएपछि प्रवेश नगराईकन देउवा फर्किएका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.