|

काठमाडौं : पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ। 

राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले  संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन्। उनले  आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेको अन्तर्राष्ट्गिरय सञचारमाध्मले जनाएका छन्। 

सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद विघटन गरिएको छ। संसदले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेका हुन्। सरकारको बजेट पारित गर्नका लागि गत अक्टोबर २७ तारिखका दिन संसदमा मतदान भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.