|

काठमाडौं : पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको आज राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्दैछिन्।  

राष्ट्रपतिले बिहान साढे ९ बजे सम्मेलनको उद्घाटन गर्ने राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। सम्मेलन हिजोदेखि सुरु भए पनि आज औपचारिक उद्घाटन गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले जानकारी दिए। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको सम्मेलन भोलिसम्म हायात होटलमा चल्नेछ। प्राधिकरणका सह–प्रवक्ता घिमिरेले भूकम्पपछिको पुनर्निर्माण तथा पुर्नस्थापना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उदेश्यले सम्मेलन सुरु गरेको जानकारी दिए। सम्मेलनका लागि अमेरिका, भारत र न्युजिल्यान्डबाट विज्ञहरु आएका छन्। 

कोभिडका कारण अन्य देशका विज्ञहरु जुम प्रविधिमार्फत सहभागी हुनेछन्। प्राधिकरणका अनुसार २०७२ साल पुस १० गते क्षति भएका संरचना पुनर्निर्माणका लागि प्राधिकरणको स्थापना भएको थियो। यस अवधिमा पुनर्निर्माण र पुनर्स्थापनाका महत्वपूर्ण कामहरु सम्पन्न गरी सरकारको निर्णयअनुसार म्याद सकिएकाले बाँकी रहेका कार्यहरु सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरिसकेको प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.