|

काठमाडौं : पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ। डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचार पुस्तकमा उल्लेख गरेको बताएका छन्।

लोकार्पण कार्यक्रममा बोल्दै पूर्वगभर्नर नेपालले नेपाली कांग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताए। उनले विश्वमै ख्याति कमाएका नेता विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको पार्टीमा कुनै विचार नहुनु राम्रो नहुने चर्चा गरे।

डा. नेपालले बिपीको दूरदृष्टि र स्पष्ट विचार बोकेर हिँडेको पार्टी आज तानाशाही र कम्युनिष्टभन्दा फरक बन्न नसक्नु चिन्ताको विषय भएको बताए।

पूर्वगभर्नर नेपालले भने, ‘आजभन्दा ४ वर्षअघि ७० वर्ष ग¥यो वृद्धभत्ता एमालेको सरकारले । त्यसपछि नेपाली कांग्रेसको सरकारले ६४ बनायो। मैले गएर भने पनि त्यति वेला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो । के गरेको यो ? हामी स्पष्ट छैनौँ ?’

कार्यक्रममा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नै खुट्टामा उभिनसक्ने राजनीतिक कार्यकर्ता नभएसम्म सही नेता नजन्मिने बताए। उनले पुस्तकमा भनेका बिपीका कुरा अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको बताए।

सांसद चौधरीले बिपीजस्तो दूरदर्शी नेता नेपालमा अहिलेसम्म पनि जन्मिन नसकेको दाबी गरे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.