|

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ।

बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको हो। मतदानको लागि नाडाका सदस्यहरु बिहानैदेखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका हुन्।

नाडाको ४५ औं वार्षिक साधारणसभा बुधबारदेखि सुरु भएको हो। नाडाको नयाँ नेतृत्वका लागि ब्याबसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन्। चौधरी र थापा समूह प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन्। नाडाको नयाँ नेतृत्वको लागि २ हजार २ सय नाडाका सदस्यले मतदान गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.