|

हेटौंडा : नेकपा एमालेको सचिव योगेश भट्टराई नेपाली काङ्ग्रेस इतिहास बोकेको तर भविष्य नभएको पार्टी रहेको बताएका छन्।

बिहीबार हेटौंडामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले काङ्ग्रेस लामो इतिहास बोकेको पार्टी भए पनि भविष्य भने नभएको टिप्पणी गरेका हुन्।

एमालेको विषयमा टीका टिप्पणी गर्ने काङ्ग्रेसमा वैचारिक बहस नभएको उनले बताए। भट्टराईले एमालेले आफ्नो विचारलाई ओझेल पर्न नदिन विधान अधिवेशन गरेको भन्दै काङ्ग्रेसले महाधिवेशनमा पेस गर्ने वैचारिक प्रतिवेदन के बनाएको छ भन्दै प्रश्न गरे।

एमालेको रिसले बनेको अप्राकृतिक गठबन्धन चाँडै टुट्ने उनको दावी थियो। भट्टराईले नेपालमा एमाले र काङ्ग्रेसबिच मात्रै प्रतिस्पर्धा हुने भन्दै अन्य दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.