|

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारका (ट्विटर, फेसबुक) जस्ता सामाजिक सञ्जाल नचलाएको सचिवालयले जनाएको छ।

संवाद सचिवालयले बिहीवार विज्ञप्ति निकालेर पूर्वराजा र पूर्वयुवराज्ञीले कुनै पनि प्रकारका (ट्विटर, फेसबुक) नचलाएको भन्दै भ्रममा नपर्न आग्रह गरेको हो।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको नाम राखेर खोलिएका फेसबुक तथा ट्विटरमा विभिन्न स्ट्याटस आउन थालेपछि सचिवालयले विज्ञप्ति जारी गरेको हो।

'निराधार, कपोलकल्पित भ्रमजालबाट मुक्त रहन आग्रह गर्दै सूचनामा आस्था र मर्यादामा आँच नपुर्याउन अनुरोध गरिएको छ’ सचिवालयका तर्फबाट फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.