|

काठमाडौं : नेपाली कांग्रेसको उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र सुरु हुने भएको छ।

उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रम जारी रहेकै बेला प्रवक्ता विश्वप्रकाश शर्माले आजै बन्दसत्र सुरु हुने जानकारी गराएका छन्। भोलिदेखि कांग्रेस नेतृत्व चयन गर्नका लागि निर्वाचन प्रक्रिया सुरु हुने भएकाले कांग्रेसले उद्घाटनकै दिन बन्द सत्रको कार्यक्रम राखेको हो।

शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गराउनुपर्ने कार्यतालिका सार्वजनिक भएको छ। कांग्रेसले बन्द सत्रमा पेस गर्नका लागि यसअघि तीन वटा प्रतिवेदन केन्द्रीय समितिबाट पारित गरिसकेको छ।

महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.