|

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने भएका छन्। सो कुरा सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले जनाएको छ।

उक्त पत्रिकाले बेइजिङ ओलम्पिकमा संयुक्त राष्ट्रसंघीय महासचिव गुटरेस उपस्थित हुने तथा अन्य कतिपय देशले बहिष्कार गरेको भनिएको सो खेलको कार्यक्रमलाई फ्रान्सले पनि बहिष्कार गर्ने कुनै योजना नबनाएको जनाएको छ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले बेइजिङ ओलम्पिकका लागि दिएको निमन्त्रणा स्वीकार गरेर उनी सो कार्यक्रममा उपस्थित हुने जानकारी दिएको सो समाचारमा लेखिएको छ।

बेइजिङ ओलम्पिकमा उपस्थित हुने विषयमा सोधिएको प्रश्नमा फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले भने कुनै प्रतिक्रिया दिएका छैनन्। उनले खेलकुदजस्तो विषयमा कसैले पनि राजनीति गर्न नहुने भने बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.