|

काठमाडौं : कोरोना विरुद्धको अमेरिकी कम्पनी मोडर्ना खोप  १९ लाख ६५ हजार ६ सय डोज खोप आज नेपाल आइपुगेको छ।

 उक्त खोप आइतबार बिहान कतार एयलाइन्समार्फत आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए। उनका अनुसरा यो खोप कोभ्याक्स सुविधामार्फत आइपुगेको बताए। हाल यो खोपलाई टेकुस्थित केन्द्रीय भण्डारकक्ष लगेर राखिएको उनले बताए।

गत बिहीबार पनि यो खोप १४ लाख ९८ हजार ६ सय डोज आइपुगेको थियो। यस्तै त्यसभन्दा अगाडि १ लाख ८८ हजार मात्रा खोप आएको थियो।

आज आएको मोडर्ना खोपसँगै ३६ लाख ५१ हजार ६ सय डोज मोडर्ना खोप नेपालमा आइपुगेको छ।

सरकारले मोडर्ना खोप सरकारले आगामी पुस ४ गतेदेखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै लगेर लगाउने तयारी गरेको छ। पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १८ उमेर समूहका बालबालिकालाई यो खोप दिने तयारी गरेको हो। 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.