|

काठमाडौं :  नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन्।  आज  बिहान गुरुङलाई अध्यक्ष सर्वसम्मत रुपमा चयन गरेको हो।

शनिबारदेखि पोखरामा जारी अधिवेशनले २८ सदस्य पछि थप्ने गरी २२९ सदस्यीय कमिटी चयन गरिएको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिए।

अध्यक्ष पदका लागि आकांक्षी बढी नै देखिएपछि प्रदेश सदस्य निर्वाचित गर्दै पहिलो बैठकमा गुरुङलाई अध्यक्ष प्रस्ताव गरी निर्वाचित गरिएको उनले बताए । प्रदेश कमिटी उपाध्यक्ष, सचिव सहितका ८ पदाधिकारी आगामी बैठकमा सल्लाह गरेर निर्वाचित सदस्यबाट चयन गरिने बताइएको छ।

अध्यक्षमा निर्वाचित गुरुङले पार्टी र प्रदेशको आवश्यकतालाई मध्यनजर गर्दै पार्टीको उचाई बढाउने बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.