|

काठमाडौं : भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर परिसरको क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ।

चाँगुनारायण नगरपालिका–५ स्थित धार्मिक एवं पर्यटकीय महत्वको मुलकोटगढी महाङ्काल त्रिशुल डाँडामा पनि पर्यटकहरूको भीड लाग्ने गरेको हो।

लकडाउनपछि बिदाको दिनमा काठमाडौं उपत्यकाको दृश्यावलोकन र पिकनिक खान आउनेहरूको भीड बढ्दा चाँगुनारायण क्षेत्रमा पर्यटकहरू बढेका हुन्। तर पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि सडक मार्गको सुधार र उचित प्रचारप्रसारको अभावमा हुँदा पर्यटकीय गन्तव्य ओझेलमा परेको छ।

खासगरी लकडाउनपछि सार्वजनिक बिदाको दिन भीड लाग्ने गरेको छ। त्यसमा पनि सफा मौसममा यस क्षेत्रबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, जुगल लगायतका हिमश्रृङखला देख्न सकिन्छ।

साथै उपत्यकाको दृश्यावलोकनका लागि समेत प्रसिद्ध भएका कारण पनि पछिल्लो समय पिक्निक खान र घुम्न आउनेको भीड बढेको स्थानीयहरू बताउँछन्। सम्भवतः ३६० डिग्रीमा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने यो नै एक मात्र स्थान हो।

तर सरकारले सडक खण्ड स्तरोन्नतिको काममा उचित ध्यान दिन नसक्दा तथा उचित प्रचारप्रसारको अभावमा पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि थप ओझेलमा परेको छ।

सडक मार्गको सुधारका साथै पैदल यात्रा रूटको स्तरोन्नति गर्न सके यस क्षेत्र पनि उत्कृष्ट पर्यटकीय गन्तव्य हुने पर्यटकहरू बताउँछन्। उनीहरूले सडक मार्ग कष्टकर र जोखिमपूर्ण रहेपनि त्रिशुल डाँडाबाट देखिने अलौकिक दृश्यहरूले मनमोहक बनाएको प्रतिक्रिया पनि दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.