|

बैतडी : नेकपा (एकीकृत समाजवादी)ले संगठन विस्तार कार्यक्रमअन्तर्गत बैतडीका सबै पालिकामा कमिटी गठन गरेको छ। ६ गाउँपालिका र ४ नगरपालिका रहेको  जिल्लाका सबै १० वटै पालिकामा संगठन विस्तार गरिएको हो।  

शिवनाथ गाउँपालिकामा वीरभान मेहताको अध्यक्षतामा ६५ सदस्यीय, डिलाशैनी गाउँपालिकामा दीपक धामीको अध्यक्षतामा ५१ सदस्यीय, सिगासमा खेमसिंह धामीको अध्यक्षतामा ५५ सदस्यीय, पञ्चेश्वर गाउँपालिका हिक्मतसिंह भण्डारीको अध्यक्षतामा ५७ सदस्यीय कमिटी गठन गरिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्टले बताए। 

पाटन नगरपालिकाकाअध्यक्षमा लोकेन्द्र विष्टसहित ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१, मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो।  

गठन गरिएका सबै पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको उनको भनाइ छ। 

एमालेसँग विभाजन भएपछि सो पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको छ। तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबै स्तरमा कमिटी गठन गरिने र त्यसपछि संगठन सुदृढीकरणलाई अगाडि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष दिनेश ठगुन्ना बताउँछन्। 

एमाले रहँदा यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो। महादेव भट्ट अध्यक्ष रहेको १ सय ५१ सदस्यीय उक्त समानान्तर कमिटी समाजवादीमा समाहित भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.