|

काडमाडौं : जीवनमा केही कुरा गर्न चाहे  उमेर छेक्दैन भन्ने कुरा ८६  वर्षीया ज्योती कोइरालाले पुष्टि गरेकी छन्। ८६  वर्षको उमेरमा कोइरालाले आफ्नो पहिलो सिर्जना गीतिसंग्रह ‘ज्योतीको सङ्गालो’ लिएर आएकी छन्। 

बुधबार काठमाडौको आयोजित एक कार्यक्रमबिच दोस्रो संविधानसभाको चुनाव गराउन गठित अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष तथा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले, वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइराला , लोकगायक बम बहादुर कार्कीले गीति संग्रहको विमोचन गरे।

पुरानो स्थानीय लयहरु संकलन गरि गाइएको छ वटा गीतहरु रहेको ज्योतीको सङ्गालोमा दीपक शर्माको एकल संगीत रहेको छ। ​बिन्धवासिनी म्युजिकले बजारमा ल्याएको गीति सङ्ग्रहमा रहेको एउटा गीतको भिडियो पनि निर्माण गरिएको छ।

कार्य​क्रममा​ सर्जक ज्योती कोइरालाले गीत​ र​ सोको भाव​ बारेमा प्रस्ट​ पर्दै ७ द​श​क अघिको परिवेश​लाई य​स​मा स​मेटिएको बताइन्। 

कार्यक्रममा ज्योती कोइराला र उनका श्रीमान ठाकुरप्रसाद कोइरालाले  डाक्टर भगवान कोइरालाको अध्यक्षतामा निर्माणाधीन काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामक गैर नाफामुलक बाल अस्पतालको निर्माणका लागी २५ लाख सहयोग स्वरुप प्रदान गरे।

कार्य​क्रम​मा बोल्दै  ठाकुर​ प्रसाद​ कोइरालाले ज्योती कोइरालाले बिहान​ बेलुका गुन​गुनाउने गरेको पाएको  र​ सो बारे कौतुहलता जागेर​ बुझ्दा लोपोन्मुख​ रहेको पाएकाले य​स​लाई औपचारिकता दिँदै गीति  संग्रह  निकालिएको जानकारी दिए। 

लोक गायक​ ब​मबहादुर​ कार्कीले ज्योतीको स​ङ्गालोमा तीज​ भाकाका पुराना​ गीतहरुरु संग्रहित ​रहेको भन्दै ज्येष्ठ​ नागरिकबाट​ हाम्रा लोपोन्मुख​ रहेका गीत​को जगेर्ना गर्न​ स​किने धारणा राखे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.