|

काठमाडौंँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री देउवाले आइतबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। 

संघीय संसदमा जारी अवरोध हटाउने, अमेरिकी एमसिसीलगायत समसायिमक विषयमा छलफल गर्नको लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। 
शुक्रबार प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसदमा भएको अवरोध हटाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने सहमति भएको थियो। 

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। एमालेले माधव नेपालसहित १४ सांसदको कारबाहीको सूचना टाँस गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने दुई शर्तको साथ संसदमा अवरोध गरिरहेको छ। 

यता, सत्ता गठबन्धनमै अमेरिकी परियोजना एमसिसी विवाद भइरहेको छ। एमसिसीलाई लिएर एमालेले पनि पर्ख र हेरको रणनीति बनाइरहेको छ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.