एमालेद्वारा बहिष्कार

|

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले बताए। 

प्रधानमन्त्री देउवाले संसदमा देखिएको अवरोध हटाउने र अमेरिकी परियोजना एमसिसीबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गरिरहेको छ। 

आफ्नो पार्टीको तर्फबाट कारबाही गरेको माधव नेपालसहित १४ सांसदमाथिको कारबाहीको सूचना टाँस वा सभामुख सापकोटाको राजीनामा नभएसम्म एमालेले आफ्नो अवरोध नहटाउने अडान लिइरहेको छ। तर, गठबन्धनमा सामेल भएका ५ दलले एमालेलाई पनि समेटेर राष्ट्रिय सहमतिको साथ एमसिसीलाई अगाडि बढाउन चाहेको छ।

बैठकमा देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, जनमोर्चा नेपालका महासचिव, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरुको सहभागी छन्। 

बैठकमा एमालेले जारी गरेको संसदको अवरोध खुलाउने विषयमा छलफल हुनेछ। तर, प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बहिष्कार गरेको छ। सर्वदलीय बैठकअघि पाँच दलीय सत्ता गठबन्धनको बैठक बसेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.