|

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार विजयी भएका छन्।

सोमबार सकिएको मतगणनामा उनले प्रतिद्वन्द्वी टिकाराम लेप्चालाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सुनुवारले २१७१ मत प्राप्त गरेका छन् भने लेप्चाले ९८९ मत पाएका छन्। उनी सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवार बनेका थिए।

दुई कार्यकाल ओखलढुंगा कांग्रेसको जिल्ला सभापति भएका सुनुवार कांग्रेसमा सुनुवार समुदायबाट केन्द्रीय समितिमा पुग्ने पहिलो हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.