|

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–३ कोशी राजमार्गबाट प्रहरीले निकासी गर्न प्रतिबन्ध लगाइएका वनस्पति बरामद गरेको छ।

भोटखोला गाउँपालिकाको च्याम्ताङबाट खाँदबारीतर्फ ल्याउँदै गरेको ना ७ त ५६२१ नम्बरको ट्याक्टरसहित धुपी र पाखनबेद इलाका प्रहरी कार्यालय हेदाङ्नाले बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको मकालु–३ बाट प्रहरीले ८ बोरा धुपी र ३ बोरा पाखनबेद बरामद गरेको प्रहरी निरीक्षक अधिकारीले बताए।

ट्याक्टरचालक खाँदबारी-३ का अनिल दर्जीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि निकुन्जमा बुझाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.