|

काठमाडौं : कबड्डी सिरिजको अन्तिम फिल्म 'कबड्डी ४ः द फाइनल म्याच'को टिजरलाई दर्शकले मन पराएका छन्।

दुई दिनअघि सार्वजनिक टिजरलाई युट्युबमा १३ लाखभन्दा बढी पटक हेरिसकिएको छ। 

युट्युबमा आएको प्रतिक्रियाले दर्शकलाई टिजर मन परेको संकेत गरेको छ।

झण्डै ३५ सय प्रतिक्रिया रहेकोमा सबैले कबड्डी ४ को प्रतीक्षामा रहेको बताएका छन्। 

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो। 

निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले संयुक्त रुपमा लेखेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराललगायत कलाकारको मुख्य भूमिका रहेको छ।

यसअघिका फिल्ममा बिहे र प्रेमको पछाडि दौडिएको काजी 'कबड्डी ४' मा भने बिहेबाट पर भाग्दै गरेको सार्वजनिक पोस्टर र टिजरमा देखिएको छ।

'कबड्डी ४' मा बमकाजीको पनि पुनरागमन देखाइएको छ।

कबड्डी सिरिजका यसअघिका तीन वटै फिल्म दर्शकले निकै रुचाएका थिए।

'कबड्डी ४' वैशाख २३ देखि प्रदर्शनमा ल्याउने तयारी हुँदैछ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.