|

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। 

निर्वाचन समितिका अनुसार मुक्साहाङ मेन्याङ्बो, हर्कबहादुर नेम्वाङ र कुबेर श्रेष्ठले उम्मेदवारी दिएका हुन्।

मेन्याङ्बो वर्षमान पुननिकट हुन्, नेम्वाङ जनार्दन शर्माको टिमका हुन् भने नेम्वाङलाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादल लाइनको समर्थक हुन्।

३ उपाध्यक्षका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ।

एक सचिवमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

३ सहसचिवमा १४ जना र एक कोषाध्यक्षका लागि ३ जनाले उम्मेदवारी दिएका छन्।

९ जना पदाधिकारीका लागि हुने निर्वाचनमा २ सय ५९ जना प्रदेश सदस्यले मतदान गर्नेछन्।

निर्वाचन समितिले आज मतदान हुने र आजै मतगणना गर्ने कार्यसूची सार्वजनिक गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.