|

काठमाडाैं : नेपाली कांग्रेस केन्द्रीय सदस्य खस आर्यतर्फकाे मत परिणाम सार्वजनिक भएकाे छ।

सात जना पुरुष र ६ महिलाका लागि भएकाे निर्वाचनकाे अन्तिम परिणाम भर्खरै सार्वजनिक भएकाे हाे। पुरूष सात र महिला ६ जनामा एक/एक जनाबाहेक सबै सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्।

पुरुषतर्फ केशवकुमार बुढाथोकी (२०५४), गोविन्दबहादुर शाह (२०१४), भीम पराजुली (१९१४), मधु आचार्य (१८६०),  श्यामकुमार घिमिरे (१८५२),  नारायण बहादुर कार्की (१७९६) र गेहेन्द्र गिरि (१६६५) मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै महिलातर्फ मञ्जु खाणले सर्वाधिक मत पाएकी छिन्। उनी गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती हुन्। निर्वाचित हुनेमा नानू बास्तोला,  प्रतिमा गौतम, चम्पादेवी खड्का, कान्तिका सेजुवाल र विद्या तिमल्सिना छन्। प्रतिमा गौतमबाहेक सबै सभापति देउवा प्यानलका हुन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.