|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा जाने तयारी गरेका छन्। 

भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा देउवाले पुसभित्रै भारत जाने गरी आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन्। यससँगै मन्त्रालयका कर्मचारी भारत भ्रमणको आन्तरिक गृहकार्यमा लागेका हुन्।

भ्रमणको अन्तिम गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। जाने मिति तय भइसके पनि मन्त्रालयका उच्च अधिकारीले कहिले जाने भन्ने खुलाउन चाहेनन्।

कोरोना संक्रमणको जोखिमका कारण भ्रमणका लागि सानो टिम बनाइने बताइएको छ। परराष्ट्र मन्त्रालय र दुवै देशका दूतावासका अधिकारीले प्रधानमन्त्री देउवाको भ्रमणलाई सफल बनाउन गृहकार्य गरिरहेका छन्। पाँचौ पटक प्रधानमन्त्री बनेपछि देउवाको भारत भ्रमण पहिलो हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.