|

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय भलिबल टीमले लगातार दोस्रो खेलमा जित निकालेको छ।शुक्रबार ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो।

नेपालविरुद्ध निरिह देखिएको माल्दिभ्स कुनै पनि समय खेलमा फर्कन सकेन। माल्दिभसविरुद्ध नेपालले २५-११, २५-९ र २५-५ को सहज सेटमा जित निकाल्यो।आफ्नो पहिलो खेलमा नेपालले बिहीबार श्रीलंकालाई पराजित गरेको थियो।

नेपाली महिला टिमले सुरुवातबाटै माल्दिभ्सलाई दबाबमा राखेको थियो। सुरुवातबाटै लिड बनाएको नेपालले एकपटक पनि पछि फर्कनु परेन। पहिलो खेलमा श्रीलंकाविरुद्ध प्रतिस्पर्धात्मक खेलमा ३-२ को जित निकालेको नेपाल दोस्रो खेलमा सहज जितसँगै नेपालले दुई खेलमा ५ अंक बनाएको छ।

लगातार दुई जितले नेपालको फाइनल सम्भावना बलियो बनेको छ। ६ टिम सहभागी प्रतियोगितामा नेपालले भोली (शनिबार) घरेलु टोली बंगलादेशको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.