|

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ।

बंगलादेशको ढाकामा शुक्रबार माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो। साविक विजेतासमेत रहेको नेपालले माल्दिभ्समाथि २५-११, २५-९ र २५-५ सेटमा जित निकालेको हो।

लगातार दुई खेलमा जित निकालेसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो। प्रतियोगितामा महिलातर्फ ६ राष्ट्रको सहभागिता छ।

अब नेपालले तेस्रो खेल शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै पुरुष टोलीले आजै उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र उज्वेकिस्तानबीचको खेल बेलुकी पाैने ६ बजे सुरु हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुनेछ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.