|

काठमाडौंः नेपाली फिल्म 'द सेक्रेट अफ राधा'को दोस्रो पोस्टर सार्वजनिक भएको छ। सुवर्ण थापाको निर्देशनमा बनेको फिल्मको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो। 

सार्वजनिक पोस्टरमा फिल्ममा केन्द्रीय भूमिकामा देखिएकी सृष्टि श्रेष्ठ देखिएकी छन्। यसअघि सार्वजनिक पोस्टरमा पनि उनलाई नै देखाइएको थियो। 

सामाजिक मुद्दामा बनेको नारी प्रधान फिल्म राधाको यतिबेला अन्तिम चरणको काम भइरहेको छ। निर्देशक थापाले केही दिनअघि फिल्मको ब्याकग्राउण्ड स्कोर, साउण्ड डिजाइन एवम मिक्सिङको काम भइरहेको जानकारी दिएका थिए।

फिल्ममा सृष्टिबाहेक  खगेन्द्र लामिछाने, दयाहाङ राई, निश्चल बस्नेत, मेनुका प्रधान लगायतका कलाकारको अभिनय छ। यसै फिल्ममार्फत अभिनेता सौगात मल्लले पनि फिल्म निर्माणमा हात हालेका छन्। निर्देशक राधा थापा र सौगातले संयुक्त रुपमा निर्माण गरेका हुन्।

निर्देशक थापा यतिबेला अर्काे फिल्म 'म' छायांकनकाे तयारीमा रहेका छन्। यसअघि उनकाे निर्देशनमा बनेको 'सुनगाभा'ले अन्तरराष्ट्रिय स्तरमै चर्चा कमाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.