|

काठमाडौं :  नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्र सुरु भएको छ। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशनको उद्घाटन सत्र सुरु भएको हो। महाधिवेशनको उद्घाटन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने बताइएको छ।

यसैबीच माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई अधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दललाई पनि निमन्त्रण पठाएको छ।

नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत ११ पार्टीलाई माओवादीले निमन्त्रणा गरेको छ।

माओवादी केन्द्रलाई शुभकामना दिन विभिन्‍न राजनीतिक दलका प्रतिनिधिहरू समेत आउने क्रम जारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.