केन्द्रीय सदस्य नपाएपछि रुष्ट

|

सिन्धुपाल्चोक : नेकपा एमाले सिन्धुपाल्चोकका नेता एवम् पूर्वसांसद सुवास कर्माचार्यले नेकपा एमाले पार्टी परित्याग गरेका छन्। लामो समय जिल्ला सचिवको रूपमा सिन्धुपाल्चोकको नेकपा एमालेको नेतृत्व गरेका कर्माचार्यले सामाजिक सञ्जालमार्फत आफू पार्टीबाट अलग्गिएको घोषणा गरेका हुन्।

नेता कर्माचार्यले फेसबुकमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी एमालेसँगको ४० वर्षभन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु।’

उनी एमालेमा रहँदा पनि माधव नेपाल समूहकै नेताको रूपमा चिनिन्थे। उनले केपी शर्मा ओलीले संसद विघटन गर्दा खुलेर ओलीको विरोध गरेका थिए। माधव नेपाल समुहले नेकपा एकीकृत समाजवादी दर्ता गरेपछि  ‘पार्टी एकताको पक्षमा’ भन्दै उनी केपी ओली नेतृत्वको एमालेमै रहेका थिए। 

एमालेको चितवन महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार हुने तयारी गरेपनि टिममा नपरेपछि उनी केन्द्रिय सदस्य हुनबाट बञ्चित भए। पछि मनोनित केन्द्रिय सदस्य बन्ने चाहनासमेत पूरा हुन नसकेपछि उनी पुनः नेकपा एसका अध्यक्ष माधव नेपालतिर नजिकिएका थिए। 

कर्माचार्यले एमाले छाडेपछि धेरै जिल्लास्तरीय नेताहरुले उनलाई साथ दिने आकलन गरिएको छ। एमाले सिन्धुपाल्चोकले यहि ५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरिरहँदा उनको बहिर्गमनले पार्टीमा ठुलो धक्का लाग्नेछ। 

आइतबार भएको एमालेको जिल्ला कमिटी बैठकमा समेत उनी उपस्थित भएका थिएनन्। तर, उनी कर्माचार्य निकट नेताहरु पक्षिय नेताहरु भने बैठकमा गएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.