|

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्। 

कार्यव्यस्तता देखाउँदै ओली माओवादीको महाधिवेशनमा नगएका हुन्। पूर्व-निर्धारित कार्यक्रमअनुसार ओली गृहजिल्ला झापामा छन्। 

ओलीले एमालेको प्रतिनिधिको रूपमा महासचिव शंकर पोखरेललाई पठाएका छन्। 

माओवादीका अध्यक्ष प्रचण्डले ओलीलाई फोन गरेर महाधिवेशनको निम्तो दिएका थिए। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरिएसँगै अरू दलका नेताहरूलाई अतिथिको रुपमा कार्यक्रममा पुगेका छन्। 

त्यसो त मंसिरमा भएका एमालेको १० औँ महाधिवेशनमा प्रचण्ड सहभागी भएका थिएनन्। प्रचण्डले आफ्नो कार्यव्यस्ततालाई देखाउँदै स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई पठाएका थिए। 

नेकपाको एकता भंग भएर माओवादी केन्द्र र एमाले छुट्टिएपछि ओली र प्रचण्डले एकअर्का विरुद्ध चर्को विरोध गर्दै आएका छन्। एकता भंग भएपछि कांग्रेसको १४ औँ महाधिवेशनमा एउटै मञ्चमा उपस्थित भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.