|

खोटाङ : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई विजयी भएका छन्।

सदरमुकाम दिक्तेलमा सम्पन्न ९औँ जिल्ला अधिवेशनबाट राई अध्यक्षका प्रत्याशी जयन्ती राईलाई १ सय ४१ मत अन्तरले पछि पार्दै विजयी भएका हुन्।

अध्यक्षका लागि जम्मा ६ सय ४७ मत खसेकोमा ४ मत बदर भएको थियो। अध्यक्षमा मेजरले ३ सय ८८ र जयन्तीले २ सय ४७ मत प्राप्त गरे।

अध्यक्षमा विजयी राई यसअघि नेपाल शिक्षक संघ हलेसी तुवाचुङ नगरपालिका समितिका अध्यक्ष थिए। उनी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम माविका प्रधानाध्यापक पनि हुन्।

यस्तै खुला उपाध्यक्षमा ३ सय १५ मत ल्याएर सुमन खत्री विजयी भएका छन्। महिला उपाध्यक्षमा मुना चौलागाईं सर्वाधिक ४ सय ३७ मत ल्याएर विजयी भएकी छन्।

खुल्ला सचिवमा राजन खड्का ३ सय ६९ मत ल्याएर विजयी हुँदा अर्थ सचिवमा ३ सय ९६ मतसहित कुमार खनाल, सह–सचिवमा ३ सय ४४ मतसहित गुमानसिंह सुनुवार विजयी भएका छन्।

महिला अर्थ सचिवमा कमला थापा देउजा र सह–सचिवमा गीतादेवी भण्डारी निर्विरोध चयन भएका छन्।

यस्तै समावेशी सह–सचिवमा ईश्वर राई ३ सय ७२ र गोपाल विक ३ सय १६ मतसहित विजयी भएका छन्।

सदस्यहरूमा ४ सय १२ मतसहित नारायण बस्नेत, ३ सय ९२ मतसहित केदार दाहाल, ३ सय ३९ मतसहित रवि खड्का र ३ सय ३२ मतसहित मन्दीप राई विजयी हुँदा जमुना थापा, चित्रकला कार्की र निर्मला राई निर्विरोध चयन भएका छन्।

यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा डिल्लीप्रसाद बञ्जारा, मणिराज राई, चूडामणि खुलाल, भगवती निरौला र रमाकुमारी बस्नेत कार्की निर्विरोध चयन भएका छन्।

संघीय महाधिवेशन प्रतिनिधिमा ३ सय ५४ मतसहित शिवहरि ढकाल, ३ सय २९ मतसहित पदमबहादुर कार्की, ३ सय २५ मतसहित गोकुल रोकाय विजयी हुँदा निर्मला राई निर्विरोध चयन भएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.