विधान मस्यौदा प्रस्तुतलगत्तै छलफलका लागि समूह विभाजन

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा दस्तावेज पेश गरेका छन्। 

२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको दस्तावेज दुई घण्टा १५ मिनेट समय लगाएर अध्यक्ष प्रचण्डले बन्दसत्रमा प्रस्तुत गरेका हुन्। 

बन्दसत्रमा अहिले स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्न गरिरहेका छन्। 

विधान प्रस्ताव पारित भएलगत्तै महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुको समूह विभाजन गरेर प्रचण्डद्वारा प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी समिति सदस्य गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल हुनेछ।

बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल रुपा महर्जन सदस्य रहेको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.