|

काठमाडौं : हत्या गरि जंगलमा फालिएका कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको १० दिनपछि आज अत्येष्टि गरिएको छ।

अमरावतीस्थित सामुदायिक वनमा शव भेटिएका दासको हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले शव बुझेका थिएनन्।

उनको शव टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो। दोषी पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आन्दोलन गर्दैआएका आफन्तहरू जानकी गाउँपालिका अध्यक्ष प्रदीप चौधरी र जिल्ला प्रहरी प्रशासनसँग छलफलपछि शव अन्त्येष्टि गर्न सहमत भएका हुन्।

पीडित पक्ष र प्रहरी तथा जनप्रतिनिधिबीच आइतबारको छलफलबाट मृतकको काजकिरिया खर्च र सन्तानको पढाइ खर्च व्यहोर्ने गाउँपालिकाले सहमति गरेपछि आफन्तहरू शव अन्त्येष्टि गर्न तयार भएका हुन्।

घटनामा संलग्न दोषीलाई चाँडो पक्राउ गरी कारबाही गर्ने र परिवारलाई नगद तथा खाद्यान्न साथै मृतकका सन्तानको उच्च शिक्षा अध्ययनको जिम्मा गाउँपालिकाले लिएको छ।

साथै पीडित परिवारको एक जनालाई क्षमता अनुसार रोजगारी दिने र अमरावती सामुदायिक वनमा अर्जुनको शालिक निर्माणका लागि पहल गर्ने सहमति भएको हो।

रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शव भेटिएको थियो। पुस २ गते शुक्रवार करिब ५ बजेतिर उनी घरबाट निस्केका र राति घर फर्केका थिएनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.