काठमाडौं : अंग्रेजी भाषामा छोटो कथा प्रतियोगिताका विजेताहरूलाई मंगलबार पुरस्कृत गरिएको छ।
नेपालबाट प्रकाशित हुने ल-लित म्यागाजिन र अमेरिकाको इन्डियाना विश्वविद्यालय ब्लुमिङटनका डिस्टिङ्ग्युस्ड प्राध्यापक तथा लेखक सम्राट उपाध्यायको पहलमा ५ वर्षदेखि सो प्रतियोगिता गरिँदै आएको छ।
यो प्रतियोगिताको उद्देश्य, नेपाल र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरूलाई अंग्रेजी भाषामा कथा लेख्न प्रोत्साहनका लागि सुरू गरिएको उपाध्यायले बताए।
यस वर्ष कथाहरू सन् २०२१ अक्टुबर १५ तोकेको र प्रतियोगितामा १ सय ७५ वटा कथाहरू प्राप्त भएको थियो।
तीमध्ये ७ वटा उत्कृष्ट कथाहरू छानिएको र ७ मध्ये ३ वटा पुरस्कृत भएका थिए।
पुरस्कृत पहिलो, दोस्रो र तेस्रो कथाहरू ल-लित अंग्रेजी म्यागेजिनमा प्रकाशन गरिनेछ।
पुरस्कारको राशि लेखक सम्राट उपाध्याय र इन्डियाना विश्वविद्यालयद्वारा प्रायोजित गरिएको छ।
यस पटक पुरस्कृत हुनेमा पहिलो पूजा पौडेल, दोस्रो ऋतु राजवंशी र तेस्रो दुई जना सदिश ढकाल र अल्फा शाक्यका कथा छन्।
पुरस्कारको रकम पहिलो, दोस्रो र तेस्रो क्रमशः २०, १५ र १० हजार नेपाली रूपैयाँ रहेको छ।
पुरस्कृत कथाहरूको छनौट लेखक उपाध्यायले गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।