|

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भइरहेकाे छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।

वर्षासँगै देशभर चिसो बढेको छ। मंगलबार बेलुकादेखि परेको वर्षाका कारण उपत्यकाका विद्यार्थी स्कुल जान सकेका छैनन्। पानीमा भिज्दै सर्वसाधारण गन्तव्यमा जान बाध्य भएका छन। 

काठमाडौंमा भने दिउँसो केही समय रोकिएर पुनः पानी पर्न सुरु हुन सक्ने मौसमविदहरुले बताएका छन्। आज बिहान ६ बजे काठमाडौंको तापक्रम ८.६ डिग्री सेल्सियस रहेको तर पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

काठमाडौं उपत्यका वरिपरिका अग्ला पहाडमा हिमपात भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.