|

काठमाडौं : वर्षा र हिमपातका कारण चिसो बढेपछि विभिन्न स्थानमा विद्यालय बन्द गरिएको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले सूचना जारी गर्दै बुधबार विद्यालय बन्द गर्ने जनाएको हो। तापक्रम घटेको र पानी पनि परेकोले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बिधालय बन्द गरिएको शिक्षा विकास महाशाखाले जनाएको छ।

हेटौँडामा बुधबार बिहानदेखि वर्षा भइरहेको छ। उत्तरी मकवानपुरको थाहा नगरपालिकाको दामन र सिमभन्ज्याङमा बिहानैबाट हिमपात समेत भइरहेकाले अत्याधिक चिसो बढेको छ।

यस्तै‚ हिमपातसँगै चिसो बढेपछि डडेल्धुराको अमरगढी नगरपालिकाले ६ दिन विद्यालय बन्द गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै बुधबारदेखि २० गतेसम्म बिदा दिइएको जनाएको छ।

नगरप्रमुखस्तरको निर्णय भएको र सामुदायिक र संस्थागत विद्यालय पनि बन्द गर्न अनुरोध गरिएको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताए।

तर, बुधबार भने विद्यालयहरू खुला नै छन्। बिदाको निर्णय ढिलो गरी सार्वजनिक भएकाले बुधबार विद्यालय खुलेको एक शिक्षकले बताए। सदरमुकाम नजिकका वन जंगलहरूमा हिमपात भएपछि अमरगढीमा चिसो बढेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.