|

काठमाडौं : माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुन् काठमाडौं आएका बाराकाे निजगढ नगर इन्चार्ज माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका छन्।

बिहीवार साँझ कुमार मोक्तानसहित माओवादीका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन्।

माओवादीबाट कुनै परिवर्तन सम्भव नभएको र माओवादीले परिवारका अपेक्षा बाहेक जनताका अपेक्षा पुरा गर्न नसक्ने भन्दै मोक्तान अध्यक्ष ओली निवास बालकोट नै पुगेर एमाले प्रवेश गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

मोक्तानलाई अध्यक्ष ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका थिए। पार्टी प्रवेश पछी प्रतिक्रिया दिदै मोक्तानले बारा जिल्लाका हजारौ नेता कार्यकर्ता अब एमालेमा प्रवेश गर्ने बताए।

उक्त अवसरमा पार्टी केन्द्रीय सदस्य रेशम लामा लगायतको पनि सहभागिता रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.