|

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले थप प्रतिबन्ध लगाए अमेरिकासँगको सम्बन्ध टुट्ने चेतावनी दिएका छन्। 

गएराति अबेर अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको एउटा टेलिफोन वार्तामा पुटिनले युक्रेनसँग जोडेर अमेरिकाले नयाँ प्रतिबन्धहरु लगाइए पूर्ण रुपमा सम्बन्ध टुट्न सक्ने चेतावनी दिए। 

पुटिनले यस्ता प्रतिबन्धहरु अमेरिकाका लागि ठूलो भूल हुने समेत बताए। टेलिफोन वार्तामा बाइडेनले युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिका र उसका साझेदारले डटेर जबाफदिने बताएका थिए। 

बाइडेनले राष्ट्रपति पुटिनलाई कूटनीतिक समाधान खोज्न आग्रह गरेका थिए। रुसको आग्रहमा एक महिनामै दोस्रो पटक भएको यस्तो वार्ता झण्डै एक घण्टा चलेको थियो। युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमा नजिक एक लाखभन्दा धेरै रुसी फौज तैनाथ भएको बताइ रहँदा तनाव मत्थर पार्ने पछिल्ला प्रयास भएका हुन्।

अमेरिकाले पुटिनलाई यदि युक्रेनमाथि हमला गरिए ‘यसअघि कसैले नदेखे जस्तो’ प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। सीमा नजिक उच्च सैनिक तैनाथीले पश्चिमी विश्वमा चासो बढाएको छ। तर मस्कोले हमलाको योजना नरहेको बताउँदै ती फौजहरु अभ्यासका क्रममा त्यहाँ रहेको जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.