|

गुल्मी : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माणाधीन रेसुंगा विमानस्थलको निरीक्षण गरेकी छन्।

मन्त्री भएपछि जन्म थलो गुल्मीमा पार्टीको कार्यक्रमको सिलसिलामा आएकी मन्त्री झाँक्रीले शुक्रबार बिहान विमानस्थलको निरीक्षण गरेकी हुन्। निरीक्षण गर्दै मन्त्री झाँक्रीले आफूले नेतृत्व गर्ने मन्त्रालयअन्तर्गतको काम नभए पनि  गुणस्तरिय र मापदण्डअनुसारको काम गर्न आग्रह गरिन्।

२०६३ सालमा तत्कालीन नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रदीप ज्ञवालीले विमानस्थलको शिलन्यास गरेका थिए। अहिले विमानस्थलको धावनमार्गको कालोपत्रे र टर्मिनल भवन निर्माण भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.