|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २ सय ३५ जना कोरोना संक्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ९ हजार ८४ जनामा गरिएको परीक्षणमा २ सय  ३५ जना संक्रमित थपिएका हुन्। आज ४ जना संक्रमितको मृत्यु भएको छ।  

आज २ सय १२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार ८ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। 

यस्तै गत २४ घण्टामा देशभर एक लाख ३९ हजार १ सय ५२ जनाले कोरोना विरुद्धको  खोप लगाएका मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.