|

भारतले श्रीलंकालाई ९ विकेटले सजिलै पराजित गरि यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ। 

उपाधि जित्नका लागि उसले २१ दशमलव ३ बलमात्र खेलेर १ सय ४ रन बनायो।

युएईको दुबई अन्तरराष्ट्रिय स्टेडियममा आज भएको फाइनलमा भारतले १ सय २ रनको झिनो लक्ष्य १ विकेटको क्षतिमा सहजै पूरा गरेको हो।

श्रीलंकाले १ सय ६ रन बनाए पनि वर्षाले वाधा गरेको खेलमा डकवर्थ लुइस नियमअनुसार भारतले १ सय २ रनको लक्ष्य पाएको थियो।

अंकृश रघुवंशीले ६७ बलमा नटआउट ५६ रन हिर्काउँदै भारतलाई सहज जित दिलाए।

यसैगरी भारतका लागि शेक राशिदले नटआउट ३१ रन बनाएर रघुवंशीलाई साथ दिए।

भारतले आफ्नो पारीमा हरनुर सिंहका रुपमा एक मात्र विकेट गुमायो। उनले ५ रन बनाएका उनी याशिरु रोड्रिगोको बलमा एलबिडब्ल्यू भए।

टस जितेर ब्याटिङ रोजेको श्रीलंकाका दुई जनाबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

श्रीलंकाले ३८ ओभर खेली ९ विकेटको क्षतिमा जम्मा १ सय ६ रनमात्र बनाउन सक्यो।

उसका लागि यासिरु रोड्रिगोले बनाएको नट आउट १९ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। उनीबाहेक रभिन डिसिल्भाको १५ रन र सदिशा राजापाक्ष तथा ​मथिशा पाथिरानाले समान १४/१४ रन बनाए।

उसका ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन हिर्काउन सकेनन्।

ओपनर चामिडु विक्रमसिंघेले २, सेभोन डेनियलले ६, अन्जला बन्डाराले ९ रनमात्र बनाउन सके।

यसैगरी पवन पाथिराजाले ४, रानुडा सोमरत्नेले ७, दुनिथ नेथमिकाले ९ रन बनाएर आउट भए। 

श्रीलंकाले ७ अतिरिक्त रन पाएको थियो।

भारतका लागि विकी ओट्स्वालले ८ ओभरमा ३ विकेट, कौशल ताम्बेले ६ ओभर बलिङ गरि २ विकेट लिए।

यसैगरी राज्यवर्द्धन हंगारगेकर, रवि कुमार र राजांगद बावाले १/१ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.