|

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र दुई घण्टाको लागि स्थगित भएको छ। 

क्लस्टर र भूगोलमा कुरा नमिलेपछि सहमतिको लागि बन्दसत्र दुई घण्टाका लागि स्थगित गरिएको हो। सहमति नजुटे निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ।

त्यस्तै माओवादी आयोजक कमिटीको बैठक सुरु भएको छ। बैठकमा स्थायी कमिटीको निर्णय आयोजक कमिटीमा पेस गर्ने तालिका छ। बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङले जवाफ दिएपछि सुझाव समेत समेट्नेगरी विधान मस्यौदा पारित भएको थियो।

विधान पारित गरेलगत्तै बसेको स्थायी समिति बैठक सकिएपछि बन्दसत्र पुनः केहीबेर चलेर स्थगित भएको हो। दोस्रो पटक सुरु भएको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक दस्तावेज, विधान मस्यौदा सर्वसम्मतले पारित भइसकेपछि महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुने जानकारी गराए।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी सहमतिबाटै चयन गर्ने पहिलो प्रयास हुने र सहमतिबाट हुन नसके लोकतान्त्रिक विधिका माध्यमबाट कमिटी चयन हने समेत बताएका छन्। महाधिवेशन आजै सम्पन्न गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.