|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेकी छन्। 

चौथाइवालेले आइतवार ट्वीट गर्दै आरजुसँग भेटेको तस्वीर सार्वजनिक गरेका हुन्। ‘निजी भ्रमणमा दिल्लीमा रहेकी डाक्टर आरजु राणा देउवासँग मेरो आज अत्यन्त सौहार्दपुर्ण भेट भयो,’ चौथाइवालेले लेखेका छन्। 

प्रधानमन्त्री देउवाको भारत भ्रमणको एक साताअघि पत्नी आरजुले भारतीय सत्तारुढ दलसँग भेटेकी हुन्।   देउवा पुस २५ गते भारत भ्रमणमा जाने तयारी भइरहेको छ। नेपाल सरकार भ्रमणको एजेन्डा तय गर्न जुटिरहेका बेला प्रधानमन्त्री पत्नी भारतीय जनता पार्टीका नेतालाई भेटेकी हुन्।

भारतीय राज्य गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने  छन्। 

पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको उक्त समिटमा श्रीलंका लगायत विश्वका विभिन्न मुलुकलाई साझेदार मुलुकका रुपमा आमन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

आरजुको भेट बारे एमाले नेता भीम रावलले विरोध जनाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन्, ‘श्रीमती आरजु राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो, के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.