|

धनगढी  : सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्। आइतबार कैलाली प्रहरीले सवारी ज्यान मुद्दामा फरार २३ वर्षीय सोडारीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन्।

न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्यु भएको थियो। घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युपछि भने सम्पर्कविहीन भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.