|

काभ्रे : नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा काभ्रपलाञ्चोकबाट केन्द्रीय समितिमा तीनजना महिला निर्वाचित भएका छन्।

निर्वाचित हुनेहरुमा माओवादी केन्द्र काभ्रेका अध्यक्ष समेत रहेकी रुकु चौलागाईं, मीना तामाङ (रञ्जिता) र कमला दोङ (शान्ति) रहेका छन्। उनीहरु आरक्षण कोटाबाट केन्द्रीय सदस्य भएका हुन्। जसमा खसआर्य महिलातर्फ चौलागाईं, जनजाति महिलातर्फ तामाङ र जनजाति युवा महिलातर्फबाट दोङ निर्वाचित भएका हुन्।

काभ्रेबाट तीन जना महिला केन्द्रीय सदस्यमा चयन हुँदा पुरुष भने अटाएनन्। यद्यपि‚ पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) भने मनोनीतमा पर्ने बताइएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६३ सीट खाली राखेर खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन्। केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ। त्यसैले बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.