|

सल्यान : माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका १० जिल्लाबाट २९ जना केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन्।

तर मुगु र दैलेखबाट एक जना पनि परेका छैनन्।

केन्द्रीय सदस्यमा सबैभन्दा बढी जाजरकोटबाट र सबैभन्दा कम डोल्पाबाट परेका छन्।

जाजरकोटबाट ८ जना केन्द्रीय सदस्य चयन हुँदा डोल्पाबाट एक जना रहेका छन्।

जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्या पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक चयन भएका छन्।

सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्य भएका छन्।

रुकुम पश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन केन्द्रीय सदस्यमा चयन भएका छन्।

जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर केन्द्रीय सदस्य चयन भएका छन्।

कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी,  हुम्लाबाट छक्कबहादुर लामा र विजय भण्डारी तथा डोल्पाबाट काली चलाउने केन्द्रीय सदस्य चयन भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.