|

हेटौंडा : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनको तर्फबाट बागमती प्रदेशमा दुईजनाले उम्मेदवारी दर्ता गराएका छन्।

बागमती प्रदेशमा रिक्त रहेको दुई पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलामा नेकपा (एकीकृत समाजवादी)बाट गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन्।

राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ। सत्ता गठबन्धनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.