|

काठमाडौं : नेपालमा ३ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्। ७ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ५५ र १५ सय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २ सय ६३ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको मन्त्रालयले जनाएको छ। 

तीमध्ये ४ हजार ७ सय ५३ जना होम आइसोलेसनमा छन् भने २ सय ५२ जना संस्थागत आइसोलेसनमा छन्। ८९ जनाको आइसियु र २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.