|

दैलेख : नेकपा एमालेका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सय स्याल मिले पनि बाघको सिकार गर्न नसक्ने बताएका छन्।

माघ १२ मा हुने राष्ट्रियसभाको चुनाव गठबन्धनका लागि एमालेलाई घेराबन्दी गर्ने अन्तिम मौका भएको भन्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले दलको परीक्षण जनमतले गर्ने बताउँदै त्यसको निर्धारण प्रत्यक्ष निर्वाचनबाट मात्र हुने पनि उल्लेख गरे।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले)लाई घेराबन्दी गर्ने अन्तिम किस्ता हो। अदालत, सभामुख, संवैधानिक आयोग, सरकार लगायतको मिलेमतोमा नेकपा (एमाले)लाई घेराबन्दी गर्नेदेखि विभाजित गर्नेसम्मका सम्पूर्ण अस्त्र सकिएका छन्।’

अध्यादेशका भरमा पार्टी विभाजन गरेर, अनेक गठजोडका साथ ०७४ को जनादेशमा भरमा ०७८ मा परिणाम निकाल्न खोजिएको राष्ट्रियसभाको निर्वाचनले  जनमतको प्रतिनिधित्व गर्न नसक्ने उनले दाबी गरे।

जनमतको निर्धारण राष्ट्रियसभाको निर्वाचनले गर्न नसक्ने बताउँदै प्रत्यक्ष निर्वाचनले मात्रै जनमत पुष्टि गर्न सक्ने बताए।

बाघको छालामा स्यालको रजाइँ धेरै दिन नटिक्ने र आगामी निर्वाचनमा पाँचै दल एक ठाउँमा भएर चुनाव लडे पनि नेकपा (एमाले)लाई फरक नपर्ने धारणा व्यक्त गरे। सय स्याल मिले पनि एक बाघको सिकार गर्न सक्दैनन् भन्ने तथ्य घाम जत्तिकै छर्लंग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.